२०८१ बैशाख १६ , आइतवार

अब बदलिएको कांग्रेस अनि बलियो कांग्रेस  

Kiraan Giri

किरण गिरी –

सत्ता प्राबिधिक कुरा हो , आउँछ जान्छ । पार्टी संगठन , तमाम कार्यकर्ता अनि आम नेपाली जनता नै नेपाली कांग्रेसको प्रमुख आधार र महत्त्वपूर्ण कुरा हो । अब कांग्रेस रचनात्मक प्रतिपक्षको भुमिका मा रहन्छ ।
२३७३ महासमिति सदस्य हरु माझ नेपाली कांग्रेस नेताहरु प्रस्तुत नीति प्रस्ताव , सांगठनिक प्रस्ताव र समसामयिक राजनीतिक प्रस्ताव ले नेपाली कांग्रेस लाई नयाँ सोच , दृष्टिकोण , बिचार का अगाडि बढ्न उर्जा र प्रेरणा दिएको छ । पार्टी कार्यकर्ता हरुमा नयाँ हौसला र जांगर थपेको छ ।
सो प्रस्ताव र प्रतिबेदन माथि (६३१ जना महासमिति सदस्य हरुले खुलेर आ आफ्नो धारणा र दृष्टिकोण खुलेर राख्नु भएको थियो ।
उपसभापति पुर्ण बहादुर खडका र महामन्त्री द्वय गगन कुमार थापा र बिश्व प्रकाश शर्मा द्वारा प्रस्तुत प्रस्ताव उपर प्राप्त सुझावहरुको आधारमा केन्द्रिय कार्यसमिति ले परिमार्जन सहित अन्तिम रुप दिने गरि तीन वटै प्रस्ताव महासमितिको यो बैठक सर्बसम्मतीले पारित गरेको छ । यसरी निर्णय गर्दै महासमिति को बैठक ले नेपाली कांग्रेसको सिंगो पार्टी संगठन लाई नवीन रुपमा गतिशील , उर्जावान र चलायमान गराएको छ ।

कांग्रेसको गोदावरी बैठकले नितिमा स्पष्टता ल्याएको छ । नीति ,विधि र थिती को जगमा ( १५ बर्षे अबधारणा साथमा समुन्नत नेपाल र सम्मानित नेपालीको मार्गचित्र सहित संगठनमा तुस्तता र मजबुती को नवीन अबधारणा वडा देखी केन्द्र सम्म अगाडि सारेको छ ।
राजनीतिक स्थायित्व , रुपान्तरण र नबिनता ।
स्वतन्त्रता , न्याय र समानता ।।
नेपाली कांग्रेसको नितिगत प्रतिबद्धता ।।।
नेपाली कांग्रेसमा आवद्ध ( ८ लाख ६९ हजार ५५१ क्रियाशिल सदस्यहरु र १ लाख १४ हजार ५२५ क्षेत्रीय प्रतिनिधिहरु मा नयाँ उत्साह र उर्जा थप्दै गोदावरी महासमिति बैठक सम्पन्न भएको छ
हामीले ू नेपाली कांग्रेस लाई (
२००६ सालको जस्तो क्रान्ति को चेत ,
२०१५ सालको जस्तो प्रगतिशील र समावेशी सोच ।
२०४८ सालको जस्तो लोकप्रिय मत ।
२०६२र६३ जस्तो सर्ब स्विकार्य नेतृत्व भएको ,
हाम्रो गौरवशाली बिगत र अग्रजहरुको बलिदान ,
अकल्पनीय त्याग , संघर्ष परिश्रम बाट प्रेरणा लिदै ,
अजको समयको चेत बुझेर नवीन पुस्ताले बिश्वास भरोसा गर्न सक्ने , सुनौलो भबिस्यतिर उन्मुख ,
स्पष्ट ध्येय भएको ,
ब्यबस्थापन मा अब्बल ,
गतिशील र आधुनिक संगठन बनाउने महा अभियान मा जुट्नु पर्दछ भन्ने प्रण प्रतिबद्धता नेपाली कांग्रेसले बोकेको छ
त्यही लक्ष्य र उध्येश्य बोकेर नयाँ नीति , कार्यक्रम साथ नवीन उत्साह र उर्जा का साथ हामी गोदावरी ललितपुर बाट नेपाली कांग्रेस ७५३ पालिका र वडा वडामा फर्केका छ । अब कांग्रेस ७७ रै जिल्लामा सबै वडा वडामा समुदायमा कांग्रेस अभियान लिएर फेरि आउदै छ ।

( किरण गिरी , नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य एबं महासमिति सदस्य हुन ।)