
सुनाखरी न्युज/ काठमाडौं ।
अर्को विश्व सम्भव छ,’भन्ने नाराका साथ काठमाण्डौंको भृकुटी मण्डपमा आयोजीत विश्व सामाजिक मञ्चको १६ औं विश्व भेला सम्पन्न भएको छ।सो सम्मेलन मार्फत अन्तराष्ट्रिय संस्था अक्सफामले आर्थिक असमानता, जलवायु परिवर्तन तथा लैङगिक असमान्ताका मुद्घालाई उठान गरेको छ।अक्स फामका रिजनल पोलेसि एण्ड अभियानको अडिनेटर सुनिल आचार्यका अनुसार, सम्मेलनमा अक्सफामले नव उदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु संकट, छुवाछुत तथा रंगभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा तथा विभेद विरुद्ध छलफल, बहस तथा बिध्यमान समस्याको बिकल्प समेत प्रस्तुत गरेको छ।
मुलतःविश्वमा बिध्यमान आर्थिक असमानता र आर्थिक न्याय श्रम, आप्रवासन, दासत्व र मानव बेचविखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र सबै प्रकारका भेदभाव, लिङ्ग, लैङ्गिकता, लैंगिक हिंसा र पहिचान स्भूमि, कृषि, खाद्य सम्प्रभुता, पारिस्थितिकीयकृषि, उर्जा र प्राकृतिक स्रोत शान्ति, द्वन्द्व, युद्ध, अधिग्रहण, विस्थापन र सुरक्षा शिक्षा, कला र संस्कृति, संचार, सामाजिक सञ्जाल र जलवायु, पर्यावरण, न्यायोचित रुपान्तरण, वासस्थान र दिगो विकास महिला, बालबालिका, युवा, बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिहरू र सामाजिक आन्दोलन, नागरिकको स्थान जस्ता विषयको उठानमा अक्सफाम केन्द्रित भएको सुनिलले बताए।
विश्वको आधा जनसंख्या ओगटेका महिला तथा बालिकाहरुमाथि हुने हिंसा र सबै खाले विभेद विरुद्ध आवाज उठाउँदै विश्वसामा जिक फोरमले विश्वभर सन्२००१देखि‘अर्को विश्व सम्भव छ’नाराका साथ सम्मेलन आयोजना गर्दै आएको छ।सामाजिक तथा जलवायु न्याय, मानव अधिकार, समानता, वातावरण संरक्षण तथा दिगो शान्ति कायमका लागि दबाब सिर्जना गर्ने उद्देश्यले विश्वव्यापी रुपमा आयोजना हुँदै आएको विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंको भृकुटी मण्डपमा पाँच दिनसम्म ९१५(१९फेब्रुअॠ२०२४०चलेको थियो।सम्मेलनमा विश्वका ९२ देशका विभिन्न सामाजिक आन्दोलनका अभियन्ता र प्रतिनिधि सहभागीता थियो।सम्मेलनका क्रममा १३ वटा मुख्य विधामा आधारित भएर बिभिन्न कार्यक्रमहरु संचालन भएका थिए।अक्सफाम संसारभरका ८१ देशहरूमा साझेदारहरू र स्थानीय समुदायहरूसँग मिलेर काम गर्ने २१संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो।
अक्सफामले नेपालमा सन्१९८०को दशकको सुरु देखि नै जनसंख्या, विशेष गरी महिला र अन्य सामाजिक तथा आर्थिक रूपमा बहिष्कृत समूहहरूले भोग्नु परेको गरिबी र अन्यायलाई सम्बोधन गर्ने विभिन्न विकास पहलहरू गर्दै आएको छ।गरिबी विनाको न्यायपूर्ण समाज निर्माणको लक्ष्य सहित अक्सफामले नेपालमा काम गरिरहेको छ।अक्सफाम यस्तो समाजको निर्माण गर्न चाहन्छ जहाँ सबै पुरुष तथा महिलहरुले आफ्नो अधिकार र जिम्मेवारी सकृय नागरिकको रुपमा वहन गर्दै सम्मानित जिवन जिउन सकुन्।