२०८१ जेठ ५ , शनिवार

उपनिर्वाचनको तयारीबारे छलफल गर्न रास्वपाको बैठक

Capture
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
वनस्थलीको चमतिस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा उपनिर्वाचनका लागि दल दर्ता र निर्वाचनको तयारीबारे छलफल भैरहेको पार्टीको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो ।उहाँका अनुसार इलाममा हुने उपनिर्वाचनमा भाग लिने विषयमा बैठकमा विशेष छलफल भइरहेको छ ।
उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र गरिएको निर्णयबारे समेत छलफल हुने प्रतिनिधिसभा सदस्य एवं सो पार्टीका केन्द्रीय सदस्य बिनिता कठायतले जानकारी दिनुभयो ।रासस