२०८१ बैशाख १८ , मंगलबार

करिब ९ किलो चरेशसहित दुई जना पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।

थाक्रे गाउँपालिका-३ अमर्खबाट अवैध लागूऔषध चरेश करिब ९ किलो ५ सय ग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-८ आग्रा बस्ने ३८ वर्षीय राजेन्द्र दमाई र २३ वर्षीय सागर भन्ने नारायण दमाई रहेका छन् ।

प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले आग्राबाट महादेववेशीतर्फ जाँदै गरेको ना.४ ख ४८३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त चरेशसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।