२०८१ बैशाख १५ , शनिवार

पर्यटन प्रवद्र्धनमा सक्रिय हुन प्रवद्र्धकलाई पर्यटनमन्त्रीको आग्रह

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्ले मुलुकको हित र पर्यटन प्रवद्र्धनका निम्ति सक्रियरुपमा काम गर्न पर्यटन प्रवद्र्धकलाई निर्देशन दिनुभएको छ ।

नवनियुक्त पर्यटन प्रवद्र्धकलाई आज मन्त्रालयमा नियुक्तिपत्र, परिचयपत्र र राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुहुँदै मन्त्री तामाङ्ले पर्यटन प्रवद्र्धनका साथै विदेशबाट बढी भन्दाबढी लगानी भित्र्याउने कार्यमा भूमिका खेल्न आग्रह गर्नुभयो । मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति प्रवद्र्धकको महत्वपूर्ण भूमिका र जिम्मेवारी रहेको उल्लेख गर्दैै उहाँले देश र जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो ।

यही फागुन १३ गतेको मन्त्रिस्तरको निर्णयबाट विभिन्न मुलुकमा नेपालको पर्यटन प्रवद्र्धन गर्न २९ प्रवद्र्धक नियुक्त गरेको थियो ।प्रवद्र्धकको तर्फबाट बेलायतका लागि नियुक्त सोमनाथ सापकोटाले देशको सर्वोपरी हितलाई केन्द्रमा राखेर पाएको जिम्मेवारीलाई कुशलतापूर्व निर्वाह गर्ने बताउनुभयो । नेपालको पर्यटन प्रबद्र्धनका लागि विगतमा विभिन्न मुलुकमा नियुक्ति गरिने पर्यटन दूतलाई मन्त्रालयले यसपटकबाट पर्यटक पवद्र्धक नियुक्ति गरेको हो ।

सुशासन व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०६४ को पर्यटन प्रवद्र्धक कार्यविधि २०७९ को पहिलो संशोधनअन्तर्गत मन्त्रीस्तरिय निणर्य गर्दै नियुक्त गरिएको मन्त्रालयले जनाइएको छ ।  रासस