२०८१ जेठ ५ , शनिवार

अन्तर्राष्ट्रिय महिला दिवसको महिला मोटरसाइकल ¥याली

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

महिलाको माटरस्पोर्टस्मा समान सहभागिता मुख्य नाराका साथ ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमाविमा नेपाल र नासा नेपाल महिला कमिसनको संयुक्त आयोजनामा हिजो फागुन २४ गते भव्य रुसमा मोटर¥याली सम्पन्न भएको छ ।

काठमाडौँ छाउनी लिफलाउन्जबाट¥याली सुरु भएर बनेपामा सम्पन्न भएको थियो । उक्त ¥यालीमा मोटरसाइकल र स्कुटर गरी ५० भन्दा बढी कहिलाहरुको सहभागिता रहेको छ ।कार्यक्रम नासा नेपालका अध्यक्ष दशरथ रिसालले फ्यागअफ गरेर सुरु गरेका थिएभने सचिव सन्तोष न्यौपानेले राइडरहरुले पालना गर्नु पर्ने नियम, सुरक्षा र अनुशासन सम्बन्धि अवगत गराएका थिए ।

यसै गरी नासा नेपालका बोर्ड सदस्य र विमा नेपालका संयोजक सञ्जु ब्रजचार्यले सहभागिहरुलाइृ कार्यक्रम सफलताको सुभकामना प्रदान गदै महिलालाई कम्फट जोनबाट बाहिर निस्केर आफ्नो भविष्य सुनौलो बनाउनमा आफै अग्रसर हुनु पर्ने कुरामा जोड दिनु भयो र आगामी दिनहरुमा महिला शक्तिकरण र उत्थानको लागी यस्ता गतिविधि गर्ने प्रतिवद्धता जनाए ।

महिलाहरुको मनोबल उच्चबनाउन, घरेलु हिसां कम गर्न, समान अवसर र सहभागिता प्रदान गर्ने उद्देश्यले नासा नेपाल अन्तर्गत ड्राइभटुरिम र मोटरस्पोर्ट कमिसनले यस्ता गतिविधि विगत १५ वर्ष देखीगर्दै आइरहेको कार्यक्रको संयोजक दुर्गा रञ्जितकारले भन्नु भयो ।यस्ता कार्यक्रमले ट्राफिक नियमको सहिपालना र सुरक्षित यात्रा र यात्रामा अपनाउनु पर्ने सन्देश पनि दिएको छ ।राइडर टोलीलाई बनेपा नगरपालिका, साना घरेलु उद्योग संघ लगायत अन्य संघसंसथाहरुले भव्यताका साथ स्वागत गरेर कार्यक्रमको सोभा बढाएका थिए ।सहभागी ५० जना महिला राइडरलाई सम्मान र सहभागिताको प्रमाणपत्र बनेपा नगरपालिका उप मेयर बिमला सापकोटाले प्रदान गर्‍यो ।