२०८३ जेठ १० , आइतवार

निगमको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको गुणस्तर IATA-ISAGO प्रमाणिकरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गर्दै आइरहेको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको गुणस्तर IATA Safety Audit For Ground Operation-ISAGO बाट प्रमाणिकरण भई थप दुई वर्ष अर्थात् ५ मार्च, २०२६ सम्मको लागिन विकरण भएको छ ।

IATA-ISAGO को नियमानुसार दुई–दुई वर्षमा गरिने Audit को लागि IATA का आधिकारीक Auditors ले Audit गरे पश्चात निर्धारीत सबै मापदण्ड पुरा गरेको हुनाले निगमलाई यो प्रमाणपत्र प्रदान गरिएको हो ।

निगमको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको लागि निगमले विगत सन् २०१६ अगष्ट २६ देखि IATA-ISAGO प्रमाणपत्र प्राप्त गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य वा युसेवाहरुको अन्तर्राष्ट्रिय उडानहरुमा ग्राउण्ड ह्याण्डलिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।