२०८१ बैशाख २४ , सोमवार

कांग्रेस बैठकको निष्कर्ष : प्रचण्ड राजनीतिक बेइमान

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं ।

सत्ता गठबन्धन तोडेको माओवादी केन्द्रलाई नेपाली कांग्रेसले  सबभन्दा अविश्वसीय शक्ति, अनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक बेइमान भएको निष्कर्ष निकालेको छ । साथै भावी दिनमा माओवादीसँग सहज सहकार्य नहुने समेत कांग्रेस नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीले एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेस केन्द्रदेखि प्रदेशमा सरकारबाट बाहिरिएको छ । विकसित नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवासमा कार्यसम्पादन समिति बैठक बसेको थियो ।

 

बैठकले गठबन्धनप्रति प्रतिवद्ध हुँदाहुँदै प्रचण्डले २०७९ पुस र अहिले गरी दुई पटक धोका दिएको निष्कर्ष निकालेको छ । माओवादीले गठबन्धनसँगै निर्वाचनका बेला जनतासमक्ष गरेका वाचा समेत तोड्ने काम गरेको कांग्रेसले बताएको छ ।