२०८१ बैशाख २० , बिहिवार

पन्ध्र वर्षीया किशोरीको शव फेला

death

 

सुनाखरी न्युज/ काठमाडौँ ।

मोरङको पथरी शनिश्चरे–७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ । खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राई (संजना)को अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशङ्का गरिएको छ ।

 

स्थानीयवासीका अनुसार शनिश्चरे–१ स्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत किशोरी राई मामाघरमा बस्दै आएकी थिइन् । गए राति शौचालय जाने क्रममा उनको हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् । राति सुतिसकेको समयमा आवाज आएपछि हेर्न जाँदा ज्ञानकुमारीलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताउनुभयो ।

 

घटनालगत्तै विमलले स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । घटना घटेको केही समयमै घटनास्थललाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी उपरीक्षक ९एसपी० नवराज कार्कीले जानकारी दिनुभयो । प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ ।रासस