२०८१ बैशाख १७ , सोमवार

पशुपति क्षेत्रमा पाँच दिन मासु, मदिरा बेचबिखन तथा सेवन निषेध

cdo ktm

सुनाखरी न्युज/ काठमाडौं ।
महाशिवरात्री पर्वको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन मासु, मदिरा, नशालु पदार्थ बेचबिखन तथा सेवनमा निषेध गरेको छ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार सूचना जारी गर्दै फागुन २३ गतेदेखि फागुन २७ गतेसम्म कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डार र सेवन नगर्न सूचना जारी गरेको हो।

प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम पूर्ण रूपमा रोक लगाएको हो।

गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क(उमाकुण्ड(गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा निषेध गरेको हो।

यस सूचनाविपरीत काम गरेमा कारबाही गर्ने चेतावनी समेत दिएको छ।