२०८३ जेठ १० , आइतवार

सवारी दुर्घटनामा मृत्यु

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

धनकुटामा आज अपराह्न भएको सवारी दुर्घटनामा एकजना बालिकाको मृत्यु भएको छभने अन्य छजना घाइते भएका छन् ।

हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान दुर्घटना हुँदा घटनास्थलमा नै एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।

उनीहरुलाई थप उपचारका निम्ति धरानस्थित बिपी कोइराला सवास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले मृतक र घाइतेको परिचय सार्वजनिक गरेको छैन ।  रासस