२०८१ बैशाख २३ , आइतवार

स्कुलबाट घर फर्किदै गर्दा हराएका बालक  भेटिए

Chitwan-child-lost

सुनाखरी न्युज/ काठमाडौं ।

चितवनबाट हराएका एक बालक मकवानपुरमा भेटिएका छन् । केही बेरअघि उनी मकवानपुरको हेडौडा बसपार्कमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

 

उनी त्यहाँ कसरी र किन पुगे भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।भरतपुर महानगरपालिका(१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल विद्यालयबाट घर फर्किने क्रममा हिजोदेखि बेपत्ता थिए ।

 

पोखरा महानगरपालिका–१३ घर भएका बालक बराल गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका थिए।