२०८१ बैशाख १७ , सोमवार

आजको मौसमः देशैभर मौसम बदली, काठमाडौंका केही ठाउँमा बिहानै सिमसिम पानी

सुनाखरी न्युज/ काठमाडौं ।

आज देशैभर मौसम बदली भएको छ । आज काठमाडौंमा पनि छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही ठाउँमा बिहानै सिमसिम पानी परेको छ ।

देशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ ।

गण्डकी , कर्णाली रलुम्बिनी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।

 

दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू(भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।

 

देशका उच्च पहाडी तथा हिमाली भू(भागमा भने धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

पश्चिम नेपालका हिमाली र उच्च पहाडी क्षेत्रमा भने शनिबारदेखि नै वर्षा र हिमपात भइरहेको छ ।

सोमबार पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुनेछ भने मंगलबार हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।