२०८१ बैशाख २२ , शनिवार

प्रभु महालक्ष्मी लाइफको प्रमुखकार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुखकार्यकारी अधिकृतमा सन्तोष प्रसाई ज्यू नियुक्त हुनुभएको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण(साविकको श्री बीमा समिति)बाट बीमा क्षेत्रमा प्रवेश गर्नु भएका प्रसाई बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा चिनिनुहुन्छ । प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुखकार्यकारी अधिकृतको रुपमा नेतृत्व गरेको अनुभव छ ।

साविकको प्रभु लाइफइन्स्योरेन्स लिमिटेडमा प्रमुखकार्यकारी अधिकृतका रुपमा कार्य गर्दै गर्दा साविकको प्रभु लाइफइन्स्योरेन्स लिमिटेड र साविकको महालक्ष्मी लाईफइन्स्योरेन्स लिमिटेड बीच मर्जर पश्चातबनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुखकार्यकारी अधिकृतको भूमिकामा रहनु भएको थियो ।
२०८० फागुन १८ गते शुक्रबार बसेको संचालक समितिको बैठकले प्रसाईलाई प्रमुखकार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ती प्रदान गरेको छ । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुनुहुन्छ ।