२०८१ बैशाख १७ , सोमवार

धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न कार्यविधि तयार, १५ दिनको समय अवधि राखेर आवेदन आह्वान गर्न सक्ने

Sebon

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि बनाएको छ ।  आवश्यक कार्यविधि तयार पारेसँगै अध्यक्षका लागि आवदेन आह्वान गर्ने बाटो खुलेको छ । १५ दिनको समय अवधि राखेर आवेदन आह्वान गर्न सक्नेगरी कार्यविधि बनेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव र विज्ञ सदस्य व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेको सिफारिस समिति गठन गरेको थियो ।

 

२० पुसमा तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्ड करिब २ महिना यता अध्यक्षविहीन रहेको छ ।

अध्यक्ष रिक्त भएको १५ दिनपछि ४ माघमा सरकारको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । समिति गठन भएको ४० दिन कटेपछि बल्ल अध्यक्ष सिफारिसका लागि आवश्यक कार्यविधि स्वीकृत भएको छ ।