२०८१ बैशाख ३० , आइतवार

नेपाल वायुसेवा निगमद्धारा सुर्खेत–कालिकोट–सुर्खेत उडान सुरु गरियो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
आज मिति २०८० फागुन १४ गते तदनुसार २६ फेव्रुअरी, २०२४ मा नेपाल वायुसेवा निगमको उडान नं. RA-755 बाट 9N-ABU जहाज मार्फत् सुर्खेत–कालिकोट–सुर्खेत वृत्तखण्डमा उडान गरी माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीज्यूले कालिकोट जिल्ला स्थित सुनथराली विमानस्थलको समुद्घाटन गर्नुभयो ।

उक्त उडानको लागि जहाज सुर्खेत विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ११:०० बजे उडान भरी ११:२० बजे कालिकोटको सुनथराली विमानस्थलमा अवतरण भएको थियो ।

उक्त उडान पश्चात निगमसँग जहाजको उपलब्धता भए सँगै कर्णली प्रदेशको राजधानी सुर्खेतलाई आधार बनाई कालिकोट लगायत हुम्ला, जुम्ला, मुगु र डोल्पामा समेत उडान सञ्चालन गर्न तथा निकट भविष्यमा कर्णाली भेगका अन्य जिल्लाहरुमा समेत उडान विस्तार गर्न माननीय उप–प्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काज्यूको विशेष निर्देशन भए अनुरुप माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीज्यू तथा निगमका कार्यकारी अध्यक्ष यूबराज अधिकारीको विशेष निर्देशन रहेको छ ।