२०८१ बैशाख १७ , सोमवार

बैंक तथा वित्तीय संस्था फेल हुने सम्भावना छैन : गभर्नर अधिकारी

Maha Prasad Adhikari

 

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्था ‘फेल’ हुने सम्भावना नरहेको बताएका छन् । अधिकारीले हाल मुलुकको वित्तीय प्रणाली र नीति धेरै हदसम्म राम्रो रहेको बताए ।

बैंक ‘फेल’ गराउन केही समूह लागेकोतर्फ इंगित गर्दै गभर्नर अधिकारीले ‘कुनै बैंकको पछि लागेर फेल गराउँदा सफल नै भइन्छ कि भनेर लागेको जस्तो देखिएको’ उनले बताए ।

 

‘केही बैंकले पनि त्यस्तो सोचेको हो कि जस्तो देखिन्छ । बैंक फेल हुनसक्छ,’ नेपाल बैंकर्स संघले सोमबार आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘कैयौँ देशमा भएको छ, तर त्यहाँको लिक्विडेसन प्रोसेस र बीमा अलि फरक छ ।’
कुनै संस्था बिग्रिँदा खुसी हुन खोजेको जस्तो देखिएको उनको भनाइ छ ।

 

 

 

अर्थतन्त्रमा केही सुस्तता र चालु पूँजी कर्जामा गरेको सुधारले बैंक तथा वित्तीय संस्थाको कर्जा रिकभरीमा केही दबाब परेको उनको भनाइ छ ।