
सुनाखरी न्युज/ अस्ट्रेलिया ।
अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्न पछिको ठूलो शहर जिलोङमा १ लाखभन्दा बढीको सहभागिता हुने र झन्डै १०० देशको सहभागिता रहने अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सव मध्येको रुपमा मानिने पाको फेस्टामा नेपाली समुदायले नेपाललाई वुद्ध र सगरमाथाको देशको रुपमा प्रबर्द्धन गरेका छन ।सन् १९८३ बाट सुरू भएको बहु सांस्कृतिक महोत्सव पाको महोत्सबमा ग्रेटर जिलोङ नेप्लिज कम्युनिटिले नेपाललाई वुद्ध र सगरमाथाको देश र बहु भाषिक र बहु सांस्कृतिक देशको रुपमा प्रस्तुति र प्रबर्द्धन गरेको हो ।
नेपालीको बसोबास अत्यन्तै न्यून रहे पनि एक लाखभन्दा बढीको जन सहभागिता हुने महोत्सवमा नेपालको कला र संस्कृति प्रवर्द्धनको गर्न भन्दै लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको पहलमा सन् २०१३ मा पहिलो पटक महोत्सवमा नेपाली सहभागी रहेको थियो र त्यसपस्चात यस्मा निरन्तर रुपमा सहभागिता जनाउँदै आएको छ ।पहिलो वर्षमा नै महोत्सवमा नेपाल झल्काउने पहिरन, नेपाली झन्डा, ब्यानर सहितको परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने काम मात्रै भएन नेपाललाई कुमारीको देशको रुपमा समेत चिनाउने काम भएको थियो । बिभिन्न समुदायका बीच गएर समुदायले नेपालअको परिचय दिने काम गरेको थियो ।
कार्यक्रममा मेहेक अधिकारीद्धारा “दिनदिनै भेट्नलाई आउँदिन” गीतमा नृत्य प्रस्तुत गरिएको थियो ।कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष डा सन्तोष पाण्डेले महोत्सबमा प्रत्यक्ष परोक्ष रुपमा सहयोग गरेर नेपाललाई महोत्सब मार्फत चिनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै सहयोगअका लागि आभार प्रकट गरे ।
यस वर्ष कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विश्व अभियानका संयोजक एवं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका विश्व सल्लाहकार रामकुमार श्रेष्ठ, भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको सल्लाहकार ज्ञानेन्द्र उप्रेती, एनआरएनए भिक्टोरियाको नारी निकुन्जका बिना अधिकारी र रेनुका पाठक, दिदी-बहिनी समाज भिक्टोरियाका तर्फबाट राज श्रेष्ठ र बर्षा केसी राजभण्डारी लगायतको उपस्थिति थियो ।
महोत्सबमा प्रदर्शन गरिएको नेपाली नाचको भिडियो: https://www.youtube.com/watch?v=SY0StIHS0EE