२०८१ बैशाख २५ , मंगलबार

फुटबलर मनिष डाँगीको घरमा चोरी,चोरीको अभियोग्मा ३ जना पक्राउ

arrestad 3

सुनखरी न्युज/ काठमाडौं ।
फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुर, इमाडोलको बासुकी टोलस्थित मनिषको तीन तले घरमा गत फागुन ६ गते साँझ चोरी भएको थियो।नगद, गरगहना समेत गरी ४५ लाख रुपैयाँ चोरी भएको थियो ।

दोलखाको शैलुङ गाउँपालिका ६ का २१ वर्षीय अनुप तामाङ, शैलुङकै २० वर्षीय रविन तामाङ र ललितपुर गोदावरी ६ का २४ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले चोरी आरोपमा पक्राउ गरेको हो।