
सुनाखरी न्युज/ काठमाडौं ।
२०८०सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित म्यारिएट होटलमा“बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔें ”योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं”योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने राजु तामाङलाई ५,३०,७५० (अक्षरूपी पाच लाख तीस हजार सात सय पचास)र कोरिया बाट रेमिटान्स पठाउने सुबाश लिम्बुलाई रु १००,००० (अक्षरूपी एक लाख)हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद , नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो ।सिटी एक्सप्रेस मनी ट्रान्सफरले गतअसोज १५ देखी मङ्सिर १५ गते सम्मचल्ने गरी समस्त नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशीसाट्न लगातार ६१ दिन सम्मचल्ने “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं”उपहार योजना घोषणा गरेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,००० , हरेक हप्ता ५ जनालाई जनही रु २५,०००साथै ६१ दिन लगातार हरेकदिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जस अन्तर्गत ६१००जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप) , ४५जनाले साप्ताहिक उपहार ( जनही रु २५,०००) र २जनाले मासिक उपहार (जनही रु १००,००० ) जित्न सफल भईसकेका छन् ।
उक्त योजना असोज १५ देखी मङ्सिर १५ गते सम्म चलेको थियो ।सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवाप्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।