
सुनाखरी न्युज/ काठमाडौं ।
‘छोरी पढाऔ स् गरिमा बढाऔँ’ भन्ने आह्वान सहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको पाँच वर्षे बालिका छात्रवृत्ति अभियान अन्तगर्त ३४ जना विपन्न दलित समुदायका बालिकालाई तेस्रो वर्षको छात्रवृत्ति प्रदान गरिएको छ ।
मोरङ जिल्लाको थलाहामा २०८० फागुन ८ गते आयोजित कार्यक्रममा कटहरी गाँउपालिका, थलाहास्थित श्री जनता मा.वि का २७ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती मा.वि.का सात जना गरि ३४ जना बालिकालाई वर्ष २०८० को तेस्रो वर्षको छात्रवृत्ति रकम प्रत्येकलाई रु. १२ हजार प्रदान गरिएको हो ।
शान्ति समाज मोरङ शाखाका सभापति प्रा।डा जीवन ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका सभापति रामकृष्ण बराल, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल र सविच लक्ष्मीनारायण मिश्रले शान्ति समाजद्वारा सञ्चालित बालिका छात्रवृत्ति अभियानबारे प्रकाश पारेका थिए ।
२०७८ सालबाट प्रारम्भ भएको पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु शैशव खनाल र आर्या पाण्डेका अभिभावकहरुले चार जना, रामप्रसाद जोशीले दुई जना, अपूर्वा शर्माले दुई जना र उर्मिला पराजुलीले दुई जनालाई सहयोग प्रदान गरेका छन ।
यसैगरी अधिकारकर्मीहरु रामकृष्ण बराल, गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बरालले यो छात्रवृत्ति अभियानका लागि सहयोग गरेका छन ।