२०८१ बैशाख १९ , बुधवार

डीएसपी हुँ भन्दै गाडी चालकलाई अपशब्द प्रयोग गर्ने श्रेष्ठ पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंको लाजिम्पाटमा ‘डीएसपी हुँ’ भन्दै एक कारचालकलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

एक जना निजी गाडी चालकलाई उनले रातिको समयमा काठमाडौंको सार्वजनिक स्थानमा ‘डीएसपी हुँ’ भन्दै कारचालकलाई अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

काठमाडौं जिल्ला प्रहरी परिसरले चुनदेवीका ५२ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

उनलाई नैतिकताविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ । उनी नेपाल प्रहरीको बाहलवाला तथा अवकास प्राप्त कर्मचारी नभएको समेत प्रहरीले स्पष्ट पारेको छ ।