२०८१ बैशाख १७ , सोमवार

बालकुमारी घटनामा मन्त्री ज्वाला पनि दोषी भएको जाँचबुझ आयोगको निष्कर्ष

prakash-jwala-1024×662

सुनाखरी न्युज/ काठमाडौं ।

बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पनि जिम्मेवार भएको निष्कर्ष उच्चस्तरीय जाँचबुझ आयोगले निकालेको छ । मन्त्रीसँगै पीएसओ र फिल्ड कमाण्डर डीएसपी पनि दोषी देखिएको आयोगको निष्कर्ष छ ।

भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । त्यसक्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

घटनाबारे जाँचबुझ गर्न सरकारले उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्षतामा आयोग बनेको थियो । आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगको निष्कर्षलाई कार्यान्वयन गरिने बताएका छन् ।

आयोग स्रोतका अनुसार मन्त्री ज्वालाले गलत बाटो प्रयोग गरेको, भीडभाड छ भन्ने जानकारी हुँदै हुँदै गएको र सुरक्षा संवेदनशीलता ख्याल नगरेको पाइएको छ ।