
सुनाखरी न्युज/ काठमाडौं ।
२०८१ साल वैशाख २७ गते देखि ३० गते सम्म काठमाण्डौको भृकुटी मण्डपमा आवास र निर्माण नेपाल २०२४ को भव्य शुरुवात हुनेछ। विगत ३३ वर्ष देखि प्रदर्शनीको क्षेत्रमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको हाउस अफ राजकर्णिकारले आयोजना गर्न लागेको हो । हाउस अफ राजकर्णि कार B2B र B2C आगन्तुकहरूलाई आकर्षित गर्ने हरेक प्रविधिमा पोख्त मात्र नभई आवास र निर्माण क्षेत्रका व्यवसायिक र संस्थागत समुदायसँग चिर परिचित पनि छ। हाउजिङ, भवन र निर्माण सम्बन्धि एक्स्पो हाउस अफ राजकर्णिकारका लागि कुनै नयाँ विषय भने होइन -यसले विगतमा NLHDA को स्वामित्वमा २ सफल आवास र निर्माण एक्सपोहरू आयोजना र व्यवस्थापन गरिसकेको छ।
आवास, निर्माण र पूर्वाधार क्षेत्र हालै सुस्त भएको देखिए पनि यो नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो अंग हो। यस अत्यन्त महत्त्वपूर्ण उद्योगका बिक्रेताहरूका लागिआवास र निर्माण नेपाल २०२४ बजारमा विश्वास देखाउने र यसरीक्रेताहरूमा विश्वास जगाउने ठूलो अवसर हो।आवास र निर्माण नेपाल २०२४ नेपालमा आवास, निर्माण र पूर्वाधार क्षेत्रको विशाल आकार, वृद्धि र सम्भावनाबाट प्रेरित भएको छ। आवास बजारमा सधैं उतारचढाव रहने स्वाभाविक नै हो तर प्रवृत्ति सधैं विस्तारकै देखिएको छ र कोभिड-१९ महामारीमा खुम्चिएको मागको दबाबले यसलाई ठूलो उछालतर्फ धकेलिरहेको छ।नेपाल ल्यान्ड हाउजिङ डेभलपर्स एसोसिएसन (एनएलएचडीए)का अनुसार नेपालमा वार्षिक १ लाख ४० हजार घरको माग रहेको छ तर नेपालले वार्षिक करिब २५ हजार घर मात्र निर्माण गर्न सक्ने अवस्थामा छ।
नेपाल राष्ट्र बैंक (२०१८) का अनुसार नेपालमा घरजग्गा र आवास क्षेत्रमा ८८ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । । साथै, नेपालको केन्द्रीय बैंकले नेपालको कुल गृहस्त उत्पादनमा आवास क्षेत्रको योगदान ८ प्रतिशत रहेको अनुमान गरेको छ। त्यस्तै, एनएलएचडीएले देशको कुल लगानीको १५-३५%रकम घर निर्माणमा लगानी हुने पुष्टि गर्दछ।पूर्वाधार निर्माणयस उद्योगको महत्वपूर्ण हिस्सा भएतापनि आवास क्षेत्र निर्माण क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्छ त्यसैले निर्माण उद्योगले प्रदान गर्ने व्यापार अवसर सबै हिसाबले ठूलो छ। नेपालको निर्माण उद्योगले राष्ट्रिय कुल गृहस्थ उत्पादनमा करिब १० देखि ११ प्रतिशत योगदान पुर्याउँछ र यसले नेपालको सरकारी बजेटको करिब ३५ प्रतिशत र विकास बजेटको ६० प्रतिशत हिस्सा खर्च गर्छ।
निर्माण उद्योगको उत्पादन वार्षिक करिब ५०० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ र औसतमा वार्षिक ९ प्रतिशतले बढिरहेको छ । निर्माण उद्योगले २०२४ मा यसको पूर्व(महामारी रेकर्डहरुलाई उछिन्नें अपेक्षा गरिएको छ किनकि निर्माण आपूर्ति श्रृंखलाले आफ्नो गति पुनस् प्राप्त गरेको छ। नेपालले पुनर्निर्माणको अधुरो कामको संचयसमाप्त गर्दैछ । पुनर्निर्माणका लागि सरकारी सहयोग पाउन योग्य घरधुरीमध्ये करिब ३० देखि ४० प्रतिशत घरधुरी २०२३-(२०२४ मा सम्पन्न हुने अनुमान छ।भारत र बंगलादेशसँग हालै भएको निर्यात सम्झौताले सार्वजनिक र निजी क्षेत्र दुवैमा जलविद्युत आयोजनाको विस्तारलाई थप उर्जा दिएको छ।
राष्ट्रिय गौरवका करिब २२ आयोजना निर्माणाधीन छन् वा संचलानमा जाने तरखरमा छन्। एमसीसी कम्प्याक्ट नेपालजस्ता वैदेशिक सहायताले सञ्चालित पूर्वाधार परियोजनाहरूले आगामी वर्षहरूमा निर्माण कार्यको वृद्धिलाई थप प्रोत्साहन दिनेछन्।आवास र निर्माण नेपाल २०२४ ले क्रेता(विक्रेता जलपान समारोह, आवासीय निर्माण क्लिनिक र उद्योग अन्तरक्रिया मञ्चमा “पूर्वाधार टेन्डर बोलपत्रको कला र विज्ञानू, “राष्ट्रिय भवन संहिता अनुपालनू र ” ग्रीन बिल्डिंग प्रमाणीकरणू जस्ता चर्चित विषयहरूमा प्रस्तुत गर्नेछ।
यस्तैआवास र निर्माणनेपालले साना व्यवसाय र व्यक्तिगत विक्रेताहरूलाई लक्षित गर्दै मात्र रु। १२,००० को न्यून शुल्कमा रियल इस्टेट मार्ट स्टल पनि उपलब्ध गराउने छ।आवास र निर्माणनेपाल २०२४ ले लगभग १७५ प्रदर्शकहरू हुने र लगभग २५,००० B2B र B2C आगन्तुकहरूआकर्षित गर्ने अपेक्षा गरेको छ।अधिकतम संख्यामा व्यवसायी र पेशाकर्मीहरूलाई प्रदर्शनी अवलोकन गराउने सुनिश्चित गर्न आगन्तुक प्रवर्द्धन अभियानमा कुनै कसर बाँकी राखिने छैन।
जति गर्न सकिन्छ, सबै प्रयास गरिनेछ। दैनिक अखबार, मासिक पत्रिका, टिभी, रेडियो, सडक पोस्टर सबैमा विज्ञापन गरिनेछ तर यी परम्परागत सूचना प्रविधिका , तुलनामा डिजिटल मिडिया (इ-पोर्टल ब्यानर र GDNs) र सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्रामर लिंक्डइन )आवास र निर्माण नेपालको प्रवर्द्धनहरूमा व्यापक प्रयोग गरिनेछ। यद्यपि, २२,००० व्यक्ति तथा संस्थाकासूचनामा आधारित बल्क मेल, एस.एम.एसर व्यक्तिगत निमन्त्रणा जस्ता प्रत्यक्ष मार्केटिङ प्रयासलेआवास र निर्माणनेपाल २०२४ मालक्षित आगन्तुकहरूलाई सु-सूचित गराउन मुख्य भूमिका खेल्नेछन् ।