
सुनाखरी न्युज/ काठमाडौं ।
सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणबाट पुँजी संकलन गर्ने उद्देश्यले रु. १०० अंकित दरका २०,००,००० कित्ताले हुन आउने रकम रु.२०,००,००,०००/- (अक्षरुपी वीस करोड मात्र) बराबरको साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्ने भएकोे छ । कम्पनीले उक्त कार्य गर्नकालागि नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
यसको लागि सुर्यकुण्ड हाइड्रोइलेक्ट्रिक लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष सतिश न्यौपाने रनेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले आज सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मे.वा. क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनाको कूल लागत रु २२० करोड रहने र आयोजनाको लागि आवश्यक ऋण रु १३५ करोड नेपाल एस.वि.आई बैंक लि को एकल लगानीबाट सम्पन्न भएको छ । यस कम्पनीमा अपिपावर कम्पनीकोे बहुमत शेयर लगानी रहेको छ ।
आयोजनामा भारतको फ्लोवेलइनर्जी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रो मेकानिकल समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरि सो विद्युत मातातिर्थ, काठमाडौं सवस्टेशनमा ल्याइनेछ ।यस समुहबाट प्रवद्र्धित कम्पनीहरुबाट हाल सम्म १०० मेगावाट भन्दा बढि विद्युत उत्पादन गरि राष्ट्रको नविकरणीय उर्जा उत्पादनमा योगदान पु¥याएको छ ।