२०८१ जेठ ६ , आइतवार

बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ । आइतबार दिउँसो ३ बजे सडक डिभिजन प्रमुख नारायणदत्त भण्डारीको सरकारी निवासमा आगलागी भएको हो ।

आगलागीबाट ल्यापटप, सरकारी कागजात, व्यक्तिगत कागजात र केही रकम जलेको भण्डारीले जानकारी दिए । विद्युत सर्ट भएर सुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकाको बारुणयन्त्रको सहयोगमा निभाइएको थियो ।

‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र हाम्रो टोलीले २० मिनेट भित्र आगलागी नियन्त्रण गरेको हो । क्षतिको विवरण आइसकेको छैन । आगलागी नियन्त्रण गर्न अस्थायी टहरा भत्काएर दमकलको प्रयोग भएको थियो ।