२०८१ जेठ ६ , आइतवार

“बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले वादी नेपाल सरकार भएको, क्यापिटल मर्चेन्ट तथा फाइनान्स कंपनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी प्रतिवादी राम भक्त थापाले निज संचालक रहेको काभ्रे ब्रोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजातहरू तयार गरी आठ करोड पचास लाख रुपैंया कर्जा

प्राप्त गर्न सफल भई सो कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्ट तथा फाइनान्स कंपनी लिमिटेडलाई रू. ९,०७,०६,३७८/७४ (नौ करोड सात लाख छ हजार तीन सय अठहत्तर रुपैंया चौहत्तर पैसा) विगो बराबर हानी नोक्सानी पुर्याएको भन्ने बैंकिङ कसूर मुद्दामा सम्मानित साविक पुनरावेदन अदालत पाटनको मिति

२०७१/०१/२९ गतेको फैसलाले प्रतिवादी रामभक्त थापालाई बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा १५९२०९घ० बमोजिम तीन वर्ष कैद र विगो असूल गरी विगो बमोजिम जरिवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजू भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटीएको प्रहरी टोलिले मिति २०८०/१०/२६ गते कोटेश्वर, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०८०र१०र२८ गते सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यहोरा जनाए ।

पक्राउ प्रतिवादीको विवरण :

नाम: रामभक्त थापा ।
उमेर:                  ६७ बर्ष ।
ठेगाना:              जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा. वडा नं. ६
मुद्दा:                     बैंकिङ् कसूर ।
सजाय:          ३ (तीन) बर्ष कैद र रू. ९,०७,०६,३७८/७४
(नौ करोड सात लाख छ हजार तीन सय अठहत्तर रुपैंया चौहत्तर पैसा) जरिवाना ।
फैसला मिति: २०७१/०१/२९ गते ।
फैसला गर्ने पुनरावेदन अदालत पाटन (साविक) ।
पक्राउ मिति: २०८०र१०र२६ गते ।
पक्राउ स्थान:कोटेश्वर, काठमाडौं ।

 

 

रासस