२०८१ जेठ ५ , शनिवार

रेडक्रस सोसाइटी पोखरा १९को साधारण सभा सम्पन्न

Capture

सुनाखरी न्युज/ पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाको २० औं साधारणसभा सम्पन्न भएको छ।साधारणसभाको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटाले मानवीय सेवा र धर्मले मात्र समाज संस्कार युक्त हुने वताउनु भयो । नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति उर्मिला खड्काले रेडक्रस मानविय सेवामा सधैं समर्पित रहेको बताउँदै, यस उपशाखाले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो।

उपशाखाका सभापति नवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सभापति बल वहादुर श्रेष्ठ, गोविन्द प्रसाद काफ्ले, भरतराज आर्चाय, इन्द्र कुमारी पौडेल, बुद्धी वहादुर खत्री क्षेत्री, दण्डपाणी गौतम, पार्वती पौडेल लगायतका ४० जना विशिष्ट सदस्यलाई सम्मान गरेको प्रचार संयोजक श्रीराम गौतमले जानकारी दिनुभयो।

कार्यक्रममा उपशाखाको गतिविधि समेटी तयार गरिएको स्मारिकाको प्रमुख अतिथि देवकोटा, रेडक्रस सोसाइटी कास्कीका उपसभापति खड्का, पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द् पाण्डेले विमोचन गर्नुभयो।

कार्यक्रममा पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द् पाण्डे, नेकपा एमाले वडा अध्यक्ष विष्णु प्रसाद गौतम, नेपाली कांग्रेसका वडा सभापति बिस्नु बास्तोला, माओवादीका वडा अध्यक्ष निर्मल बास्तोला, रेडक्रस सदस्य उमराज बास्तोला समिक्षक असफल गौतम लगायतकाले रेडक्रस सोसाइटीले सामाजिक सेवाका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए। उपसभापति पवित्रा पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको संचालन रमेश विश्वकर्माले गर्नुभएको थियो।