२०८१ बैशाख २१ , शुक्रवार

भारतको पर्यटन मेलामा नेपालको सहभागिता

k_1539070164e

सुनाखरी न्युज / काठमाडौं ।

भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट ९ओटिएम० मेलामा नेपालले सहभागीता जनाएको छ ।यसअघि नेपाल पर्यटन वोर्डले सहभागीता जनाउँदै आएको उक्त पर्यटन मेलामा यसवर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ( टान) ले भाग लिएको हो ।

 

उक्त तीनदिने मेलामा टानमा आबद्ध टानसहित २५ व्यवसायी कम्पनीले सहभागिता जनाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिनुभयो । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओटिएममा टानले सहभागिता जनाएको महासचिव सापकोटाले राससलाई बताउनुभयो ।

 

महासचिव सापकोटाले आगामी फागुन १० देखि १२ सम्म भारतमा हुन लागेको दक्षिण एशियाको ट्राभल एण्ड टुरिजम एक्सचेन्ज ( साट्टे) मा पनि टानले सहभागिता जनाउन लागेको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रमा ४५ वर्ष अनवरत क्रियाशील टानमा हाल दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।रासस