२०८१ जेठ ६ , आइतवार

सूर्यदर्शन सहकारी प्रकरण : पूर्वडीआईजी जोशीको घरमा प्रहरी छापा

Chabilal-Joshi

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय, पोखराको आग्रहमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले छापा मारेको हो ।

जोशीको घरमा नेचर हब इन्टरनेश्नल प्रा।लि।को कार्यालयसमेत सञ्चालित थियो । त्यहाँबाट पोखरास्थित सूर्यदर्शन सहकारीको सफ्टवेयरसहितका विवरण र अन्य सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम ठगी भएको घटनामा संस्थापक अध्यक्ष जीबी राई, अध्यक्ष थानबहादुर बुढा मगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी छ ।

 

संस्थापक अध्यक्ष राई र पूर्वडीआईजी जोशी व्यवसायिक साझेदार समेत हुन् ।