
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल वायु सेवा निगमले देशको पर्यटन प्रवद्र्धनमा समेत सशक्त उपस्थिती देखाई विदेशी पर्यटकहरुलाई समेत सेवादिने उद्धेश्यले दुईवटा न्यारोवडी जहाज वेट लिज(Aircraft, crew, maintenance, insurance-ACMI)मा लिने प्रक्रिया पारदर्शी ढंगले गर्नको लागि तालुक मन्त्रालयको समेत सहमति लिइ सार्वजनिक खरिद ऐन, नियम बमोजिम आज मिति २०८० माघ २३ गते सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
निगमको कार्य योजना अनुरुप हाल निगमसँग भएको दुइवटा वाइडबडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग हुँदा अन्य सेक्टरमा हाल भएका दुइवटा न्यारो बडी जहाजले उडानचापको माग धान्न नसक्ने भएकोले थप भएका जहाजले सो चापलाइ व्यवस्थापन गरी दिल्ली, दुबई, दोहा, मलेसिया लगाएतका सेक्टरमा उडान थप गरी आय वढाउने तथा भैरहवाबाट समेत अन्य गन्तव्यमा उडान भर्ने योजना रहेको छ ।
नेपाल सरकारवाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरुले समेत निगमको सम्भावित व्यापारलाई विस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव दिएको सन्दर्भमा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीज्यूको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको विशेष पहलमा निगमको दशवर्षे व्यवसायिक योजना अनुरुप वजार विस्तार गर्नको लागि जहाज थप गर्न लागिएको बताए । उक्त जहाजहरु आगामी जुलाई २०२४ सम्ममा निगमको उडानमा आइसक्ने अपेक्षा गरिएको छ ।