
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले मिति २०८० फागुन ४ र ५ गते लुम्बिनी प्रदेश, भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन अयोजना गर्ने तय गरेको छ।सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब २५० देखि ३००जना महिला उद्यमी व्यवसायीहरुको सहभागिता रहने छ।
सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अघुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वय एवं सहकार्यमा आयोजना गर्न लागिएको हो।यो सम्मेलन महासंघले पहिलो पल्ट आयोजना गर्न लागेको हो।
नेपालमा महिलाहरूले देशको अर्थतन्त्रमा लामो समयदेखि सक्रिय रूपमा भाग लिरहेका छन्, तर महिला उद्यमीहरुको योगदानको प्रायःकम मूल्याङ्कन गरिएको छ।श्रम शक्तिमा महिला सहभागिता १ प्रतिशतले मात्रै बढ्न गएमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा०.३प्रतिशतले वृद्धि गर्न सकिन्छ।महिला उद्यमीहरूको सशक्तिकरणले रोजगारी सृजना गर्दछ, वित्त पहुँचमा सुधार देखिनेछ र नवप्रवर्तन बढ्नेछ।
महिला उद्यमीहरुको विकास, विस्तार एवं प्रवद्र्धनका साथै महिला सशक्तिकरणम सहयोग पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त सम्मेलनमा महिला उद्यमशीलता र नतिजा, वित्तिय पहुंच, बजार पहुंच, पर्यटनका सम्भावना र चुनौति, युवा महिला/स्टार्टअपका लागि गरिएका पहल साथै भएका व्यवस्था लगायतका विषयमा विषय विज्ञहरुसंग छुट्टाछुट्टै(Discussion)छलफल गरिनेछ।
दुई दिने सम्मेलनको निष्कर्ष सम्बन्धित निकायमा बुझाइनेछ।