२०८१ जेठ ५ , शनिवार

लायन्स क्लव अफ साईनिङ्ग स्टारद्वारा न्यानो लुगा र शैक्षिक सामाग्री वितरण

Capture

सुनाखरी न्युज/ पोखरा ।

लायन्स क्लव अफ साईनिङ्ग स्टारले हिमालय आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।शुक्रवार मादी गाउँ पालिका चितेपानीमा रहेको विद्यालयका विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा सघाउ पुर्याउने उद्घेश्यले न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको क्लवका अध्यक्ष पोषराज पौडेलले जानकारी दिए ।

विद्यालयमा आयोजित कार्यक्रममा लायन्स डिस्ट्रीक ३२५ एम का अन्र्तराष्ट्रिय गर्भनर भिमलाल पौडेल, क्लवका अध्यक्ष पोषराज पौडेलले विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न परिवारका १४ जना विद्यार्थीलाई जाडोमा लगाउन ज्याकेट, स्वीटर र शैक्षिक सामाग्री वितरण गरे ।

कार्यक्रममा वोल्दै गर्भनर पौडेलले शैक्षिक सामाग्रीको अभाववाट कोही वावु नानी पनि वन्चित हुन नहुने वताउँदै, लायन्स क्लव सधैं समुदायसँगै रहने वताए । व्यवसायी समेत रहेका क्लवका अध्यक्ष पोषराज पौडेलले ग्रामिण भेगका अधिकांश विद्यालयमा अझै शैक्षिक सामाग्रीको अभाव रहेको वताउँदै, आफ्नो क्लव त्यस्ता विद्यालयमा पुगेर सहयोग गर्ने गरेको वताए ।

कार्यक्रममा मादी ५ का वडाध्यक्ष हुमनाथ अधिकारी, सदस्य डिल्लीराम अधिकारी, क्लवका सदस्य दामोदर पौडेल, तिलक सिग्देल लगायतले क्लवले गरेको कार्यको प्रशंसा गरे । पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव टोलप्रसाद गुरुङले गरेका थिए ।