२०८३ जेठ १२ , मंगलबार

नेशनल लाईफको लुम्विनी लक्जरी टुर र रानीमहल भ्रमण सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
कम्पनीको मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुको उत्साह जनक उपस्थितीमा कम्पनीले लुम्विनी लक्जरी टुर अन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्विनी र पाल्पाको रानी महल भ्रमण गराएको छ ।

कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु र देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनु भएका करिब ४०० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । सो अवसरमा कम्पनीका उपप्रमुखकार्यकारी अधिकृत स्मृती राज कँडेलज्यूको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

उप प्रमुखकार्यकारी अधिकृत स्मृती राज कँडलज्यूले यस्ता भ्रमण कार्यक्रमबाट देशका विभिन्न क्षेत्रका अभिकर्ताहरु बिच एक आपसमा अन्र्तक्रिया पनि हुने र मनोरञ्जन पनि प्राप्त हुनुका साथै अभिकर्ता समूहको दक्षता अभिबृद्धिमा समेत प्रत्यक्ष लाभ पू¥याउने भएको हुँदा कम्पनीले यस प्रकारको अभिकर्ता योजना ल्याएको र अभिकर्ताहरुको उत्साह जनक उपस्थितीले योजना अत्यन्तै सफल भएको महशुस गरिएको बताउनु भयो ।

कार्यक्रमका सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्नुृहुँदै बजार विभाग प्रमुख विवेक शर्माज्यूले तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पु¥याउनका लागि अभिकर्ताहरुको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भएको हुँदा अभिकर्ता समूहको सल्लाह सुझावमा नै कम्पनीले योजना जारी गर्ने बताउनु भयो ।एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले संचालन गर्नुभएको सो कार्यक्रमका सहभागि अभिकर्ताहरुले नेपालको प्रसिद्ध स्थल लुम्विनी र पाल्पाको ऐतिहासिक रानीमहल भ्रमण गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति हार्दिक आभार व्यक्त गरेका बताए ।