
सुनाखरी न्युज / काठमाडौं ।
नेपाल इटालियन चेम्बर अफकमर्श एन्ड इन्डस्ट्री (एनआईसीसीआई) ले हालै तत्कालिन नि वर्तमान अध्यक्ष नवराज ढकालको सम्मानमा हार्दिक विदाई कार्यक्रम आयोजना गरेको छ । ढकालको समर्पित सेवालाई स्मरण गर्दै कार्यक्रममा अध्यक्ष सञ्जय अग्रवाल, सचिव रोमनाथ घिमिरे, उपाध्यक्ष रुपक राजवंशी, बोर्ड सदस्यहरू, विशिष्ट अतिथिहरू लगायतका सम्मानित सदस्यहरूको उपस्थिति थियो ।
सचिव रोमनाथ घिमिरेले ढकालको उत्कृष्ट एवं उदाहरणीय नेतृत्व र प्रतिबद्धताका लागि एन आई सीसी आइ को विकास तथा नेपाल र इटाली बीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पु¥याएकोमा कृतज्ञता व्यक्त गर्नुभयो ।अध्यक्ष सञ्जय अग्रवालले चेम्बरको मूल्य मान्यतालाई सुदृढ बनाउन ढकालको निर्णायक भुमिका र उत्कृष्ट नेतृत्वको प्रशंसा गर्दै निरन्तर मार्ग दर्शन र सहयोगको अपेक्षा गर्नुभयो।
प्रत्युत्तर मन्तव्यमा तत्कालिन निवर्तमान अध्यक्ष नवराज ढकालले एन आई सीसी आईको सफलता र आवश्यकता अनुसार निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सचिव मनोज श्रेष्ठ बडद्वारा नयाँ सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्दै एक जीवन्त व्यवसायी समुदाय प्रति एन आई सीसी आईको प्रतिबद्धतालाई जोड दिनुभयो । एन आईसीसी आईले तत्कालिन निवर्तमान अध्यक्ष नवराज ढकाललाई बिदाइ गरेपछि चेम्बरले उहाँको मूल सिद्धान्तलाई अघि बढाउन, नयाँ अवसरहरूलाई अँगाल्ने र नेपाल र इटाली बीचको आर्थिक सम्बन्धलाई अभिवृद्धि गर्ने आफ्नो मिशनलाई निरन्तरता दिने अपेक्षा गरेको बताए ।
एन आई सीसीको बारेमाः
नेपाल इटाली चेम्बर अफकमर्स एण्ड इन्डस्ट्री (एनआईसीसी) नेपाल र इटाली बीचको व्यापार र वाणिज्य प्रवद्र्धनमा समर्पित संस्था हो । एन आईसीसी आई पारस्परिक रूपमा लाभदायक साझेदारीलाई प्रवद्र्धन गर्न र दुई राष्ट्र बीचको व्यापार वृद्धिलाई सहजीकरण गर्न समर्पित संस्था हो ।