२०८३ जेठ १२ , मंगलबार

नेपाल वायुसेवा निगमद्धारा सन् २०२३ मा गरिएका सामाजिक उत्तरदायित्व

Capture

सुनाखरी न्युज / काठमाडौं ।
आमजनमानसमा जानकारी होस भन्ने उद्देश्यले नेपाल वायुसेवा निगम द्धारा सन् २०२३ मा गरीएका सामाजिक उत्तरदायित्व सम्बन्धी प्रमुख क्रियाकलापहरू निम्नानुसार जानकारी गराइन्छ :

१. क्यान्सर विरामी तथा उनीहरूको कुुरुवाका लागि सन् २०२३ मा ७७० जनालाई पूर्ण तथा आशिंक रुपमा हवाई टिकटमा छुुट दिइएको,

२ जेष्ठ नागरिक तथा भिन्न क्षमता भएका व्यक्तिहरुलाई हवाई टिकट दरमा ५०% सहुलियत प्रदान गर्दै आएको,

३ मिति २०८० असोज २१ गते हुुम्लामा भएको दुुखद जिपदुुर्घटनामा परी गम्भीर घाइते नौ जनाको उद्दारका लागि नेपालवायुुसेवा निगमको जहाज मिति २०८० असोज २२ गते हुुम्ला पठाइएको,

४ सम्माननीय प्रधानमन्त्रीज्यूूको निर्देशा नुुसार, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुुदन किरातीज्यूूको विशेष पहल कदमीमा मिति २०८० असोज २५ गते इजरायल तथा हमास बींच भएको द्वन्द्वका कारण सिर्जित विषम् परिस्थितिका कारण अलपत्र परेका विद्यार्थी सहित २५४ जना नेपाली नागरिकहरुको उद्दार गरिएको,

५ मिति २०८०/७/१७ गते माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुुदन किरातीज्यूूको विशेष निर्देशन र नेपाल सरकारको समन्वयमा कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रबिन्दुु भई गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका घाइतेहरुलाई मिति २०८०/७/१८ गते नेपाल वायुुसेवा निगमको 9N-ABTत्कल साइनको ट्वीन अटर विमानमार्फत नेपालगञ्ज तथा काठमाडौ सम्मका लागि निःशुल्क उद्दार उडान गरेको साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट प्राप्त राहत सामग्री रुकुुम सम्म निशुुल्क ढुुवानी गरिएको,

६ दुुर्घटनामा परी जुम्ला अस्पतालमा भेन्टिलेटरमा रहेका दीप बहादुुर रावतको उद्दारका लागि नेपाल वायुु सेवा निगमद्धारा आकस्मिक उडान गरिएको,

७मुुगुुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउन छुुटेर अलपत्र परेका चिकित्सकहरुलाई लिन मिति २६ सेप्टेम्वर, २०२३ मा नेपाल वायुुसेवा निगमको जहाज तत्काल पठाईएको,

८ राष्ट्रिय साँस्कृतिक पर्वका रुपमा मनाईने महाशिवरात्रीको अवसरमा नेपाल वायुसेवा निगमद्धारा पशुुपति परिसरमा श्रद्धालुु भक्तजनहरुका लागि निशुुल्क पिउने पानी वितरण गर्ने गरिएको,

९ बाढी पिडितका लागि १३–१९ अगस्ट, २०२३ सम्म नेपालगञ्ज–धनगढी–डोटी–धनगढी–नेपालगञ्ज उद्दार उडान सञ्चालन गरिएको,

१० श्री संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय सुुदन किरातीज्यूूको अगुुवाइमा आयोजित पशुुपति, स्वयम्भुुजस्ता विश्व सम्पदा सूूचिमा रहेका स्थानहरुको तीन महिने बृहत सरसफाई अभियानमा १० मार्च देखि ८ जुुलाई सम्म निरन्तर सरिक भएको ।