२०८३ जेठ १३ , बुधवार

तारकेश्वरको पसलमा आगलागी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौँको तारकेश्वर नगरपालिकामा एक पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

फुटुङ डाँडागाउँस्थित भारत मोतिहारी घर भएका ३७ वर्षीय सलिन मियाको सिरक डसना र माछा पसलमा शनिबार दिउँसो आगलागी भएको हो ।

प्रहरीका अनुसार आगलागीबाट नगद, सुनचाँदीका गरगहना, सिरक बनाउने मेसिन, कपास, तयारी सिरक, डसना गरी करिब १२ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।