
सुनाखरी न्युज/ काठमाडौं ।
बिगत ८ वर्ष देखि दोभिल्ला, पोखरा स्थीत माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी आएको श्री माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि रु.१००/- अकिंत दरको ४०,००,००० कित्ता साधारण शेयर निष्काशन गर्नका लागि लक्ष्मी सन्राइज बैंकको सहायक कम्पनी श्री एल एस क्यािपटल लिमिटेड(LS Capital Ltd), नयाँ बानेश्वर, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको बताए ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत लगानी रहेको उक्त रिसोर्टले रकम रु. ४० करोडको शेयर निकट भविष्यमा निष्काशन गर्ने योजना रहेको कम्पनीले जनाएका छन । शेयर निष्काशन पश्चात कोठाहरु थप गरी विदेशी होटल संग अनुबन्धन गरे पश्चात पाँचतारे होटलको रुपमा सेवा उपलब्ध गराउने योजना कम्पनीको रहेको छ ।
हालजारी पूँजी रु.१ अर्व ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्ला स्थीत करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिषेश सुविधा सम्पन्न रिसोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउदै आएको छ ।