२०८३ जेठ १३ , बुधवार

नेपाल पेमेन्ट सोल्युशनदवरा धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ३,०५,६०० कित्ता साधारण शेयर सर्व साधारणहरुमा निष्काशन गर्नको लागि लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल ) लिमिटेडलाई धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा नेपाल पेमेन्ट सोल्युशन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल पेमेन्ट सोल्युशन लिमिटेड नेपाल राष्ट्र बैंक को भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजत पत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो।