२०८१ बैशाख २१ , शुक्रवार

भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न कांग्रेस दृढ र प्रतिबद्ध हुनु पर्छ: किरण गिरी

Kiran

✍ किरण गिरी-

बदलिएको कांग्रेस , बलियो कांग्रेस को सार्थक प्रस्ताव:
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम आज मुलुकको पहिलो आबश्यकता हो । यसको लागी नेपाली कांग्रेसले कठोर र गम्भीर निर्णय गर्नै पर्दछ । आजको राजनीतिक , सामाजिक र आर्थिक चुनौती को सामना गर्दै नेपाली कांग्रेस पार्टी संगठन लाई थप सशक्त रूपमा अगाडि बढाउन नेपाली कांग्रेस को बिधान संशोधन गर्दै अगाडि बढ्नु पर्ने देखिन्छ । कांग्रेसले अब आफुलाइ राजनीतिक , सैधान्तिक , बैचारिक र सांगठनिक नवीनताका साथ अगाडि बढाउन जरुरी छ ।
नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा बनाएको संबिधान र ल्याएको परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को संरक्षण र सम्बर्द्धन गर्ने प्रमुख दायित्व र जिम्मेवारी पनि नेपाली कांग्रेस कै हो । जनतामा देखा परेको निरासा र आक्रोश अन्त्य गर्दै नेपाली कांग्रेसले आबश्यक परे संबिधान संशोधन गरेर अगाडि बढ्नको लागी आबश्यक नेतृत्व लिनु पर्दछ ।

भ्रष्टाचार नियन्त्रण र सुशासन अभियानमा नेपाली कांग्रेस:
१. भ्रष्टाचार विरुद्ध नेपाली कांग्रेस निर्मम रुपमा प्रस्तुत भै भ्रष्टाचार नियन्त्रण र सुशासन मा अब कांग्रेसले नेतृत्व दायी भुमिका खेल्नै पर्दछ ।
२०६२-६३ आन्दोलन पश्चात गणतन्त्र आएपछिका सबै सरकार प्रमुख र सदस्य प्रधानमन्त्री र मन्त्रहरु तथा उनका परिवार , उच्च पदस्त सरकारी कर्मचारी तथा उनका परिवार हरुको सम्पत्ति छानबिन गर्ने र अकुत सम्पत्ति जफत गर्ने आट र हिम्मत अब नेपाली कांग्रेसले गर्नै पर्दछ ।

पार्टी को बिधान संशोधन गर्ने प्रस्ताव स्(
२. सबै केन्द्रिय पदाधिकारी र सदस्यहरु आ आफ्नो निर्वाचन क्षेत्र बाट नै महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनु पर्ने ।
३. नेपालको संबिधान अनुसार सबै क्लस्टरको प्रतिनिधित्व सुनिश्चित गर्दै उमेर समुह बाट केन्द्रिय समिति लागायत सबैतहका कार्यसमिति मा प्रतिनिधित्व सुनिश्चित गराउने ।
२० -४० बर्ष उमेर समुहबाट  ३० %
४०-६० बर्ष उमेर समुहबाट  ३० % र
६० – ८० बर्ष उमेर समुहबाट  ४० %
यसबाट पार्टी संगठनमा युवा र नयाँ पुस्ता को सक्रिय सहभागिता हुने छ र नयाँ उर्जा थपिने छ ।
४. संघ , प्रदेश र स्थानीय तहको निर्वाचन नेपाली कांग्रेस पार्टी को तर्फबाट उम्मेदवार चयन गर्दा जुन तहको निर्वाचन हुनेहो त्यही तहको पार्टी कार्यसमितिको निर्णय नै अन्तिम हुने । निर्णय हुन नसके मा वा चरम विवाद भएमा मात्रै माथिल्लो निकायले निर्णय दिने ।
५. पार्टी क्रियाशिल सदस्य बितरण र नवीकरण सदा खुल्ला गर्ने पारदर्शी र स्वैच्छिक बनाइ हरेक बर्ष असारमा अनलाइन बाट नै बितरण र नविकरण गर्ने गराउने प्रबन्ध मिलाउने ।
६. महाधिवेशन हुने सालको बैशाख (१ गतेबाट महाधिवेशन सम्पन्न नभए सम्म क्रियाशिल सदस्य बितरण बन्द गर्ने ।
७ . केन्द्रिय कार्यसमिति को संख्या  २२५ र कार्यसंपादन समिति को संख्या  ६१ पुर्‍याउने । केन्द्रिय कार्यसमितिको बैठक आबश्यकता अनुसार कुनै पनिबेला र हरेक ३र३ महिनामा एक पटक अनिवार्य रूपमा बस्ने र कार्यसंपादन समितिको बैठक आबस्यकता अनुसार कुनै पनि बेला र हरेक महीना को एक पटक अनिवार्य रूपमा बस्ने छ ।
८. केन्द्रिय कार्यसमिति लगायत सबै तहका समितिहरुमा एकजना महिला उपसभापति र एकजना महिला महामन्त्री वा सचिब को पद थप गर्ने । केन्द्र र प्रदेश मा महिला महामन्त्री अरु तहमा महिला सचिब थप गर्ने । सबै तहमा महिला उपसभापति थप गर्ने ।

संबिधान संशोधन प्रस्ताव :
९. दुबैतहको समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने ।
२०७८ सालको जनसंख्या तथ्यांकअनुसार अनुसार संसदीय निर्वाचन क्षेत्र पुनरावलोकन गर्ने । संबिधान अनुसार
समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै:
१०. प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित सदस्य संख्या  २४५ राख्ने
११. राष्ट्रिय सभा सदस्य संख्या ९९ राख्ने ।
यी प्रस्तावहरु महासमितिको बैठकबाट पारित गरेर नेपाली कांग्रेस अगाडि बढ्न सक्यो भने कांग्रेस संगठन प्रति नयाँ र युवा पुस्ता को आकर्षण ह्वात्तै बड्ने छ ।
संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को संरक्षण र सम्बर्द्धन गर्न नेपाली कांग्रेसले आबश्यक पहल र नेतृत्व गर्दै संबिधान र परिबर्तन पक्षधर राजनीतिक दलहरू बीच राष्ट्रिय सहमतिको बाताबरण निर्माण गर्ने र संबिधान संशोधन को बाताबरण समेत नेपाली कांग्रेसले निर्माण गर्ने ।

(किरण गिरी, पुर्ब केन्द्रिय सदस्य एबं महासमिति सदस्य नेपाली कांग्रेस काठमाडौं, नेपाल ।)