२०८१ जेठ ४ , शुक्रवार

संसद अधिवेशन २२ माघमा बोलाउन सरकारको सिफारिस

Samsad Bhawan

सुनाखरी न्युज/ काठमाडौं ।

२२ माघमा संघीय संसदको अधिवेशन बोलाउन सरकारले  सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको  मंगलबार बसेको  बैठकले २२ माघमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

 

सरकारले गत १६ कात्तिकमा संसदको वर्षे अधिवेशन अन्त्य गरेको थियो ।