२०८३ जेठ १३ , बुधवार

जनप्रिय मा वि २०४९ समुहद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

Capture

सुनाखरी न्युज/ पोखरा ।
पोखराको सिमलचौर स्थित जनप्रिय मा वि २०४९ व्याजका भूपू विद्यार्थीको समुहले चापाकोट औसेलुचौर स्थित पञ्चकोसी आधारभूत विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ । समुहले कम्प्युटर सहित कापी, कलम, झोला लगायत सामग्री सहयोग गरेको हो ।

समुहका अध्यक्ष चन्द्र गिरीले विद्यालयका पूर्व शिक्षक कुल प्रसाद अधिकारी, व्यवस्थापन समितिका पूर्व अध्यक्ष यज्ञ प्रसाद तिमिल्सीना लगायतलाई एक समारोहका विच उक्त सामग्री हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष गिरीले बिपन्न अवस्थामा रहेका विद्यालय तथा विद्यार्थीहरुलाई शैक्षिक सहयोग गर्ने उद्येश्यका साथ समुहको गठन गरिएको बताए । यस अघि पनि समुहले शैक्षिक सामग्री सहयोग कार्यक्रम गर्दै आएको उनले जनाए ।

विद्यालयका प्रधानाध्यापक गंगाधर चापागाईले समुहको यो सहयोग विद्यालय र विद्यार्थीका लागि ठूलो सहयोग भएको बताउँदै धन्यवाद ज्ञापन गरे । भूपू विद्यार्थी समुहको तर्फबाट समुहका सदस्यहरु टिकाराम पराजुली, अनिलकार्की, केशबबहादुर थापा, लगायतले समुहका गति विधीबारे प्रकास पारेका थिए । विद्यालयका शिक्षिका दिल माया तिमिल्सीनाले स्वागत मन्तव्य राखेकि थिइन् ।