२०७६ फाल्गुन १७ , शनिवार

पाइलट अभाव बढ्दै, नेपाल एयरलाइन्सले माग्यो ४७ पाइलट

NAC

पाइलट अभाव बढ्दै, नेपाल एयरलाइन्सले माग्यो ४७ पाइलट

सुनाखरी न्युज/
काठमाडौं –

राष्ट्रिय ध्वजाबाहक नेपाल नेपाल एयरलाइन्सले २३ जना पाइलटको लागि आवेदन खुलाएको छ। निगमले २० जना सिनियर, १४ जना जुनियर र सिनियर को-पाइटलतर्फ १३ जना गरी ४७ जनाको लागि आवेदन मागेको हो। जसमा सिनियरतर्फ खुल्लामा ११ र आरक्षणमा ९ गरी २० जना माग गरेको हो भने जुनियरतर्फ ८ जना खुल्ला र आरक्षणमा ६ गरी १४ जनाको आवेदन मागेको हो।

 

साथै सिनियर को पाइलटतर्फ खुल्लामा ५ र आरक्षणमा ८ गरी १३ जना माग गरेको छ। एक वर्षअगाडि पनि निगमले ५० जनाभन्दा बढी पाइलटको लागि आवेदन खुलाएको थियो। उक्त समयमा निगमले माग गरेको पाइलटमा आवश्यक संख्यामा पनि आवेदन परेको थिएन।

 

फेरि पाइलट अभाव बढ्दै गएपछि आवेदन माग गरेको जनाइएको छ। नेपाल एयरलाइन्सले देशभित्रबाट पाइलट पाउन नसकेपछि वाइडबडी र एयरबस उडानमा समेत विदेशी पाइलट भित्र्याइरहेको छ।नेपाली पाइलटको तुलनामा विदेशी पाइलटको तलब ३ गुणा बढी हुने गरेको छ।

 

निगमले पाइलटका लागि आवेदन दिने अन्तिम मिति २०७६ फागुन २२ गतेसम्म र दोब्बर दस्तुरमा २९ गतेसम्म आवेदन दिने सक्ने जनाएको छ भने भने चैत्र १४ गते लिखित परिक्षा हुने सूचनामा उल्लेख छ।

Share this news: