२०८१ बैशाख २४ , सोमवार

कृषि मन्त्रालयका सहसचिव डा. गैरे जागिरबाट बर्खास्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव कमलराज गैरेलाई पदबाट बर्खास्त गरिएको छ।

मन्त्रिपरिषद बैठकले गैरेलाई पदबाट हटाउने निर्णय गरेको मन्त्रालयले शुक्रबार निकालेको सूचनामा उल्लेख छ।बिदा स्वीकृत नगराई सहसचिव गैरे २०८० वैशाख २ गतेदेखि मन्त्रालयमा अनुपस्थित थिए।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा भनिएको छ ।