२०८१ जेठ ६ , आइतवार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।
आफ्नै श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-४ तल्लो हलवार बस्ने ४३ वर्षीय पेण्डुवा चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका पेण्डुवाले स्टिलको रड प्रहार गर्दा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी खाद्रे र अस्थायी प्रहरी पोष्ट पर्सनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।