२०८१ बैशाख २६ , बुधवार

बागलुङमा प्रसाईंमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ।

बिहीबार दिउँसो करिब २ बजे बागलुङ सदरमुकाममा आफ्नो अभियानको कार्यक्रममा सहभागी हुँदा स्टेजमा उक्लिने क्रममा एक पुरूषले प्रसाईंमाथि हातपात गरेका हुन्।

ती पुरूषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिए।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतम हुन्। उनले किन हातपात गरेका थिए भन्ने नखुलेको डिएसपी केसीले बताए।