२०८१ जेठ ६ , आइतवार

गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक ह्वाट्स एप , सजग रहन राष्ट्र बैंकको आग्रह

mmm

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक (नक्कली) ह्वाट्स एप बनाएर दुरुपयोग गरेको पाइएको छ ।

राष्ट्र बैंकले भनेको छ, ‘यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी Face Account बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ ।’

गभर्नर अधिकारीको नाम र तस्बिर प्रयोग गरेर विभिन्न व्यक्तिहरूसँग संवाद गर्ने गरेको पाइएको भन्दै केन्द्रीय बैंकले सो फेक आईडी र संवादबाट सजग रहन सबैमा आग्रह गरेको छ ।