२०८१ जेठ १ , मंगलबार

सिद्धार्थनगरमा छाडा चौपाया व्यवस्थापन अभियान सुरु

OIP

सुनाखरी न्युज / काठमाडौं ।

नगर क्षेत्रमा छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापनका लागि सिद्धार्थनगर नगरपालिकाले पुनः अभियान सुरु गरेको छ। अभियानअन्तरगत नगरमा छाडा अवस्थामा फेला परेका गाइगोरुलाई धमाधम नियन्त्रणमा लिन थालिएको छ ।छाडा गाईगोरुका कारण सवारी दुर्घटना हुनुका साथै नगरको सौन्दर्यकरण समेत असर परेपछि गत वर्षमा पनि पालिकाले अभियान चलाएर छाडा छाडिएका गाईगोरुको व्यवस्थापन गरेको थियो । तर, नगरवासी लगायत सचेत नहुदाँ नगर क्षेत्रमा उही समस्या पुनः दोहोरिएको छ ।

 

जसलाई निर्मूल पार्न नगरपालिका कार्यालयलाई समेत समस्या भएको छ ।व्यवस्थापनपश्चात पालिएका गाईगोरु पुनः छाडा नछाड्न र सचेत रहन नगरप्रमुख खाँले नगरवासीलाई आग्रह गरेका छन्। नगरवासी, अन्य पालिका तथा खुला सीमाका कारण भारतबाट समेत गाईगोरु छाडा छाड्ने गर्दा सिद्धार्थनगरमा समस्या देखिएको नगरपालिका कार्यालयले जनाएको छ । छाडा चौपायाले नगरको सौन्दर्यका लागि लगाइएका फूल, बिरुवा, धानखेतलगायतमा नोक्सानी गर्ने गरेका छन्।

 

छाडा गाइगोरुको कारण राजमार्ग र नगरका भित्री सडक जताततै कुरूप देखिन्थे । मलमूत्रको फोहरले नगर दुर्गन्धित बनेको थियो । राजमार्ग र भित्री सडकमा हुने दुर्घटनाले धेरै मानिसको ज्यान गयो । थुप्रै घाइते भए । गाडीको ठक्करले गाइगोरु नै मर्ने गरेका छन । थुप्रै घाइते हुने गर्छन् । खेतीवाली खाइदिने गरेको गुनासो किसानले गर्ने गरेका छन ।व्यवस्थापनका लागि नियन्त्रणमा लिइएका गाइगोरुलाई देवकोटाचोकनजिकै होल्डिङ सेन्टरमा जम्मा गर्ने गरिएको नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जानकारी दिइन्। सेन्टरमा हालसम्म ४५ वटा छाडा गाईगोरु जम्मा गरिएको छ ।

 

होल्डिङ सेन्टरमा गाईगोरुलाई पशु चिकित्सकद्वारा स्वास्थ्य जाँच र उपचार गरी घाँस, पराल खुवाएर राखिएको उपप्रमुख अधिकारीले बताइन्।सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले छाडा गाइगोरु नियन्त्रणका लागि नगरपालिका संवेदनशील भएर लागेको बताउनुभयो । ूनियन्त्रण तथा व्यवस्थापन गर्न सहज छैनू, उहाँले भन्नुभयो, ूकतिपय मानिस किन मेरो गाइगोरुलाई छोपेको ? भन्दै नगरपालिकामा आएर झगडा गर्ने गर्छन ।