२०८१ जेठ २ , बुधवार

भोलि शोमबार अर्थात माघे संक्रान्ति देखि उपत्यकावासीका धारामा मेलम्चीको पानी

Melamchi

सुनाखरी न्युज/ काठमाडौं ।

माघे संक्रान्ति अर्थात भोलि शोमबार देखि  काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी पुनः पाउने भएका छन् । वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः उपत्यकावासीका धारामा पानी पुर्याउन थालिएको हो ।

मेलम्चीको पानी पुनर्वितरणको प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले पानी पुनर्वितरणको शुभारम्भ गरेपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

 

पहिलो दिन अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरु हुने छ । त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ ।