२०८१ बैशाख २५ , मंगलबार

६० किलो गाँजासहित २ जना पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।
कटारी नगरपालिका-७ देउलीकुनाबाट ६० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका-२ बस्ने ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोक बहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रीस्कु कटारीबाट खटिएको प्रहरीले ३ वटा बोरामा उक्त परिमाणको गाँजा बोकी लैजादै गरेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।